न्यायाधीशकै अगाडि कर्मचारीबीच हानाहान

बाइलाइन नेपाल
४ फाल्गुन २०७७, मंगलवार १४:५६

आदेशमा सही गर्ने विषयमा व्यहोरा मिलाएर ल्याउ भन्दा काठमाडौँ जिल्ला अदालतका दुई कर्मचारीबीच कुटाकुट भएको छ । सोमबार १४ नम्बर इजलासमा अदालतका इजलास अधिकृत गोकर्ण शर्मा र नायब सुब्बा नेत्रप्रसाद बाँस्तोलाबीच कुटाकुट भएको हो ।

न्यायाधीश प्रकाशचन्द्र अधिकारीकै सामुमा नासु बाँस्तोलाले अधिकृत शर्माको नाकबाट रगत आउने गरी कुटपिट गरेका थिए । नाकबाट रगत आएपछि शर्मा उपचारका लागि ट्रमा सेन्टर समेत पुगेका थिए ।

काठमाडौँ जिल्ला अदालतका श्रेस्तेदार भीमप्रसाद निरौलाले आदेशमा हस्ताक्षर गर्ने विषयमा सामान्य विवाद भएको दाबी गरे । दुई जनाबीच व्यक्तिगत विवाद हुँदा सामान्य कुटपिट भएको पनि उनको भनाई छ । व्यक्तिगत विवाद भएपनि अदालतभित्रै कुटपिट भएकाले आन्तरिक छानबिन थालिएको उनको भनाई छ । छानबिनपछि कारवाही गरिने समेत उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*