बालुवाटार जग्गा प्रकरणमा माधव नेपालको पेशी तोकियो

बाइलाइन नेपाल
२ फाल्गुन २०७७, आईतवार १३:१८

बालुवाटार जग्गा प्रकरणमा नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष तथा पूर्व-प्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको मुद्‍दाको पेशी तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासमा पेशी तोकिएको हो।

बालुवाटार जग्गा प्रकरणमा नेता नेपाललाई मुद्दा नचलाएको भन्दै अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महान्यायाधिवक्ताको कार्यालयलाई समेत विपक्षी बनाएर रिट दायर गरेका थिए।

बालुवाटार जग्गा प्रकरणमा नेपालको संलग्नता रहेको भएको आरोप लगाइरहेका छन्। तर, नेता नेपालले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आइरहेका छन्। यसअघि पनि यही इलाजमा उक्त मुद्‍दा परेको भए पनि हेर्न नभ्याइने सूचीमा राखिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*