सपना रोका मगरले दिइन् विनयजंग बस्नेतविरुद्ध प्रहरीमा जाहेरी

बाइलाइन नेपाल
२ फाल्गुन २०७७, आईतवार १३:१३
विनयजंग बस्नेत

बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले विजयजंग बस्नेतविरुद्ध उजुरी दिएकी छिन् ।म्याग्दीकी १८ वर्षीया सपनाले आइतबार बस्नेतविरुद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा अभद्र व्यवहारको मुद्दामा उजुरी दिएकी हुन् ।

बस्नेतले युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै सपनाका नग्न तस्वीर आफूसँग पेन ड्राइभमा सुरक्षित रहेको र कुनै बेला सार्वजनिक गरिदिने धम्की दिएका थिए ।

परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बस्नेतले सपनाले बस्नेतविरुद्ध अभद्र व्यवहारको मुद्दामा उजुरी दर्ता गराएको जानकारी दिए । उनले उजुरी दर्ता भएसँगै प्रहरीको टोली पक्राउ पूर्जी लिन अदालत गएको एसएसपी सिंहले बताए ।अदालतबाट पक्राउ पूर्जी जारी हुनासाथ बस्नेतलाई पक्राउ गरिने उनले बताए ।

सपनाले बस्नेतसँगै मिलेर बेवारिसे शव जलाउने काम गर्थिन् । सपना र बस्नेतबीच पछिल्लो समय भने सम्बन्धमा तिक्तता आएको थियो ।बस्नेतसँग मिलेर शव जलाउने काम गर्ने सपना बीबीसीको १०० जना प्रतिभाशाली महिलाको सूचीमा समेत परेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*