आज जनयुद्ध दिवस, मकवानपुरमा मनाईंदै

बाइलाइन नेपाल
१ फाल्गुन २०७७, शनिबार ०९:२१

आज फागुन १ गते । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले जनयुद्ध सुरु गरेको दिन । विसं २०५२ सालमा आजकै दिनमा माओवादीले नयाँ जनवादी व्यवस्था स्थापनाका लागि भनेर जनयुद्धको उद्घोष गर्यो । ०६२ सालसम्म १० वर्ष सशस्त्र संघर्ष भयो । सिन्धुली, गोरखा, रुकुम र रोल्पामा एकैपटक सशस्त्र कार्वाही गरेर आजकै दिनमा जनयुद्धको उद्घाटन भएको थियो । वलिदानीपूर्ण संघर्षको स्मरणमा आज देशैभरि कार्यक्रमको आयोजना गरिएको छ ।

त्यही जनयुद्धको जगमा ०६२/६३ सालमा जनआन्दोलन भयो । सशस्त्र र निशस्त्र एकीकृत संघर्षले संविधानसभाको निर्वाच गर्यो । देशमा गणतन्त्र, समावेशिता, समानुपातिक, संघीयतालाई स्थापित गर्यो ।

प्रधानमन्त्री केपी ओलीले संविधानमा अधिकार नै नभएको प्रतिनिधिसभा विघटन गरेपछि देश आन्दोलनमा छ । वलिदानपूर्ण संघर्षबाट प्राप्त उपलब्धिको रक्षा र प्रतिगमनका बारेमा देश विभाजित छ । परिवर्तन र उपलब्धि संस्थागत भइरहेको अवस्थामा भएको प्रहारले सबैलाई संसकित बनाएको छ ।

प्रतिगमनका विरुद्ध देश आन्दोलित छ । सर्वोच्च अदालत र निर्वाचन आयोगमा प्रतिनिधिसभा विघटन र नेकपाको आधिकारिकताका बारेमा बहस जारी छ । विद्यमान संविधान र कानुन अनुसार निर्णय गर्दा प्रचण्ड माधव पक्षमा निर्णय हुन्छ । जसले वलिदानीपूर्ण संघर्षको रक्षा पनि हुन्छ ।

जनयुद्ध दिवसको अवसरमा नेकपा मकवानपुरले मकवानपुरगढी गाउँपालिका कालिखोलामा रहेको जनयुद्धका मकवानपुर कमाण्डर रुद्रबहादुर पाख्रिनको प्रतिमा स्थलमा कार्यक्रम राखेको छ । यसैगरी मनहरी गाउँपालिको भिमादमा पनि जनयुद्ध दिवसको अवसरमा कार्यक्रम रहेको नेकपाका जिल्ला सचिव प्रेमबहादुर पुलामीले जानकारी दिए । जनयुद्ध दिवसको अवसरमा साँझ बुद्ध चोकमा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*