रामकुमारी झाँक्रीको रिहाईमाग गर्दै हेटौंडामा प्रर्दशन
हेटौंडा । नेकपाका नेता रामकुमारी झाँक्रीको रिहाइको माग गर्दै युवा तथा विद्यार्थीहरुले हेटौंडामा प्रदर्शन गरेका छन् । हेटौंडाको बुद्ध चोकमा नेकपा निकट विद्यार्थी र युवा संघमा आवद्धहरुले झाँक्रीलाई बिना सर्त तत्काल रिहा गर्नुपर्ने भन्दै प्रर्दशन गरेका हुन् ।

बुद्ध चोकमा झाँक्रीको रिहाइको माग गर्दै नाराबाजी समेत गरेका छन् । सरकार विरुद्ध नाराबाजी गरेका विद्यार्थी र युवाले ‘रामकुमारीलाई रिहा गर’, ‘बलात्कारीलाई फाँसी दे’, ‘नालयक सरकार राजीनामा दे’ जस्ता नारा लगाएका थिए । प्रर्दशन भएपछि हेटौंडामा प्रहरी परिचालन गरिएको छ ।

अखिलका पूर्वअध्यक्ष एवम् नेकपा प्रचण्ड–माधव समूहकी नेतृ झाँक्रीलाई बानेश्वरस्थित घरबाटै पक्राउ गरिएको थियो ।

बाइलाइन नेपाल











