गढीको मनकामना दुग्ध उत्पादक सहकारीको अध्यक्षमा अर्जुन दाहाल निर्वाचित
हेटौंडा । मकवानपुरगढी गाउँपालिका र–३ मा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा अर्जुन दाहाल निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी रोमनाथ रेग्मीलाई ५० मतको अन्तरले पराजित गर्दै दाहाल अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
निर्वाचन समितिका अनुसार दाहालले १ सय ९० मत प्राप्त गरेका छन् भने अर्का रेग्मीले १ सय ४० मत प्राप्त गरे । कूल ३ सय ७३ जना मतदातामध्ये निर्वाचनमा ३ सय ३५ जना सहभागि भएका थिए भने ५ मत बदर भएको जनाइएको छ ।
निर्वाचित दाहालले आफुलाई निर्वाचित गराउने सबैप्रति आभार प्रकट गर्दै कृषकको हित र संस्थाको संस्थागत विकासको लागि आफुले डटेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
त्यसैगरी संस्थाको उपाध्यक्षमा केदार लम्साल निर्विरोध चयन भएका छन् । जिल्ला प्रतिनिधिमा जनक रेग्मी, सदस्यहरुमा हरी दाहाल, कविता न्यौपानेलगायत चयन भएका छन् ।

बाइलाइन नेपाल











