बकैयामा तीन र इन्द्रसरोवरमा दुई दिन सार्वजनिक बिदा

बाइलाइन नेपाल
२८ माघ २०७७, बुधबार १३:२१

हेटौंडा । मकवानपुरका दुईवटा गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिएका छन् । बकैया गाउँपालिकाले तीन दिन र इन्द्रसरोवर गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएका हुन् । नेपाल सरकारले भने माघ ३० गते एक दिन बिदा दिने निर्णय गरेको छ ।

बकैया गाउँपालिकाले माघ २८, २९ र ३० गतेसम्म सार्वजनिक बिदा दिएको अध्यक्ष दामोदर खनालले बताए । सोनाम ल्होछार मनाउनका लागी गाउँपालिका भित्र माघ २८ गतेबाट ३० गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।

यसैगरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले सोनाम ल्होसार पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको छ । गाउँ कार्यपालिकाको माघ २७ गते बसेको निर्णय अनुसार माघ २९ र ३० गते सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष जिवन लामाले बताए । दुई दिन गाउँपालिका भित्रका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था र शिक्षण संस्थामा बिदा दिने निर्णय भएको गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*