माघ ३० गते सार्वजनिक विदा दिने सरकारको निर्णय

बाइलाइन नेपाल
२७ माघ २०७७, मंगलवार १७:५९

काठमाडौं । सरकारले आगामी माघ ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । यस वर्ष तामाङ र शेर्पाहरुले मनाउने सोनम र ग्याल्वो ल्होसार एकै दिन अर्थात माघ ३० गते परेको छ ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद बैठकले उक्त दिन सार्वजनिक विदा दिने निर्णय जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*