तराईमा आज पनि बाक्लो हुस्सु, उच्च पहाडी भेगमा हिमपातको पूर्वानुमान

बाइलाइन नेपाल
२० माघ २०७७, मंगलवार ०८:२५

पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज पनि तराई भूभागमा बाक्लो हुस्सु लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति प्रदेश- १, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भेगका एक दुई स्थानमा हिमपातको सम्भावना छ ।

आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम २.७ डिग्री मापन गरिएको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

माघ २० गते (मंगलबार)

दिउसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, सुदूर पश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपाको सम्भावना रहेको छ।

राति : प्रदेश नं ७ र अन्य देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

माघ २१ गते (बुधबार)

दिउसो : देशको सुदुर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि पहाडी भू-भागमा आंशिक बदली साथै अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्चपहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपाको सम्भावना रहेको छ।

माघ २२ गते (बिहीबार)

दिउसो : देशको सुदुर पश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली साथै अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*