नेकपाका दुवै पक्षलाई निर्वाचन आयोगले बोलायो

बाइलाइन नेपाल
१५ माघ २०७७, बिहीबार १७:१८

निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई छलफलको लागि बोलाएको छ। आयोगले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी छलफल गर्न बोलाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार निर्वाचन तयारी र निर्वाचन प्रयोजनको दल दर्ताको विषयमा ओली र प्रचण्डसँग छलफल हुनेछ ।छलफलका लागि शुक्रबार बिहान साढे ११ बजे दुवै पक्षका अध्यक्षले तोकेका आधिकारिक पाँच /पाँच जना व्यक्तिलाई बोलाइको प्रवक्ता श्रेष्ठले बताए।

नेकपाका दुवै पक्षले आफूलाई आधिकारिकता दाबी गर्दै आयोगमा पेस गरेको विवरण अस्वीकार गर्दै निर्वाचन आयोगले ११ माघमा पार्टी विभाजनलाई मान्यता नदिने निर्णय गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*