पास्निमा छोरालाई करोडको जिवन बीमा उपहार

बाइलाइन नेपाल
८ माघ २०७७, बिहीबार १९:०८

हेटौंडा । हेटौंडाका एक निर्माण व्यवसायीले आफ्नो छोरोको पास्निमा एक करोड बराबरको जिवन बीमा उपहार दिएका छन् । हेटौंडा–४ थाहा चौंकका ४८ बर्षिय व्यवसायी लक्ष्मण थापाले पास्निको अवसर पारेर एक करोड बराबरको जिवन बिमा उपहार दिएका हुन् ।

हेटौंडा स्थित सुर्या लाइफइस्योरेन्स मार्फत् उनले छोराको बिमा गराएका हुन् । बिमाकं वातप ८ लाख रुपियाँ बराबरको चेक इन्स्योरेन्स कम्पनीलाई हस्तान्तरण गरेका व्यवसायी थापाले बीमा जिवनको लागि आवश्यक रहेको भन्दै समाजमा जिवन बीमाको बारे सकारात्मक सन्देश दिने उद्देश्य सहित छोरालाई जिवन बीमा उपहार दिएको बताए ।

बीमा वापत पहिलो किस्ता रकम हस्तान्तरण गरेपछि इन्स्योरेन्स हेटौंडा शाखाका प्रमुख पवन थापा मगरले पास्नी समारोहमा जिवन बीमालेख उपलव्ध गराएका थिए । बीमालेख दिदै प्रमुख थापाले जिवन बीमाको महत्व र आवश्यकता बुझेर छोरोलाई उपहार दिएकोमा धन्यवाद दिएका थिए । उनले छोरोलाई उपहार दिने व्यवसायी थापालाई कम्पनीको तर्फबाट सम्मान समेत गरे ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*