सहकारीले उद्देश्य अनुरुप कार्य गर्नुपर्छः अध्यक्ष सुबेदी

बाइलाइन नेपाल
२९ पुष २०७७, बुधबार १९:११

हेटौंडा । कृषि सहकारीहरुले सहकारीको उद्देश्य अनुरुप कार्य गर्न जिल्ला कृषि सहकारी संघ मकवानपुरका अध्यक्ष महेश्वर सुबेदीले सदस्य संस्थाहरुलार्इ अनुरोध गरेका छन् ।

बुधबार हेटौंडामा सम्पन्न १० औं बार्षिक साधारणसभामा अध्यक्ष सुबेदीले सहकारी ऐन २०७४ मा ३० प्रतिशत कार्य बिषयगत क्षेत्रमा गर्नु पर्ने ब्यवस्था भएको समेत जानकारि गराए ।

सभाले अध्यक्ष सुबेदीले प्रस्तुत गरेको प्रगति प्रतिबेदन, कोषाध्यक्ष निर्मला लम्सालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक दिनेश प्रजाले प्रस्तुत गरेको प्रतिवेदन अनुमोदन गरेको छ ।

संघका अध्यक्ष सुवेदीको अध्यक्षतामा सम्पन्न सभाको संचालन सचिब लालबहादुर थापाले गरेका थिए । संघले कृषकले उत्पादन गरेको उत्पादनहरुलाइ एग्रो मार्ट मार्फत बिक्री बितरण गरिरहेको छ । संघमा ५२ ओटा कृषि सहकारी सस्थाको आवद्धता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*