मकवानपुर सहकारी अस्पतालमा आइसियुसहितको सेवा थप
हेटौंडा । मकवानपुर सहकारी अस्पतालले आफ्नो सेवा विस्तार गरेको छ । सुनौलो भविस्य स्वास्थ्य सहकारी संस्था लिमिटेडद्वारा संचालित मकवानपुर सहकारी अस्पतालले आफ्नो सेवालाई विस्तार गर्ने क्रममा नयाँ भवनमा ७ शैयाको अति सघन उपचार कक्ष, ३ शैयाको पिआइसियु र एक ओटा आइसीयु कक्षा स्थापना गरेर सेवा सुरु गर्न लागेको हो ।
नयाँ भवनमा होर्डजोर्नी सम्वन्धी स्वास्थ्य उपचारका लागि सुविधा सम्पन्न ट्रमा सेन्टर समेत स्थापना गरेर काम सुरु गर्न लागिएको मकवानपुर सहकारी अस्पतालका अध्यक्ष विष्णुगोपाल महर्जनले बताए ।
सहकारी अस्पतालमा विशेषज्ञ चिकित्सकबाट कन्सल्टेण्ट, फिजिसियन, सर्जरी, स्त्री तथा प्रसुती, बालस्वाथ्य, मनोस्वास्थ्य लगायतका सेवा दिइदै आएको छ । सहकारी अस्पतालले नयाँ भवनमा दिन लागेको सेवा विस्तारको बुधबार वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन् गर्ने जनाइएको छ ।

बाइलाइन नेपाल











