हेटौंडामा अत्याधुनिक ल्याब संचालनमा

बाइलाइन नेपाल
२७ पुष २०७७, सोमबार १९:५७

२ करोड लगानीमा हेटौंडामा सुविधासम्पन्न ल्याब संचालनमा आएको छ । जुन सुकै किसिमका परिक्षण गर्न सकिने क्वालिफाइड रिफरेन्स ल्याबरोटरी (QRL) ल्याब आज सोमबारबाट संचालनमा ल्याइएको ल्याबका प्रवन्ध निर्देशक उत्सब चौलागाईंले बताए ।

चौलागाईंका अनुसार अब बायोस्पी (सानो मासुको टुक्रा निकालेर गरिने जाँच) समेत यहि हुने भएको छ । मकवानपुरमा बायोस्पी जाँच हुने यो पहिलो ल्याब हो ।

ल्याबमा महिलाको पाठेघरमा हुने क्यान्सर, छातीमा हुने क्यान्सर, थाइराइड, भिटामिन डी,क्याल्सियम लगायत हेटौंडामाजांच हुन नसक्ने गरेका परिक्षणहरु पनि अब क्वालिफाइड रिफरेन्स ल्याबरोटरीमा जांच हुने बताइएको छ ।

ल्याबमा प्याथालोजिस्ट तथा दक्ष जनशक्तिहरुले २४ सै घण्टा सेवा दिने र जतिसक्दो चाडो रिपोर्ट दिने व्यवस्था मिलाइएको निर्देशक चौलागाईंले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*