निर्वाचनको तयारीमा जुट्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

बाइलाइन नेपाल
२७ पुष २०७७, सोमबार ०८:३२

गृहमन्त्री बादलले बैशाखमा हुने निर्वाचनको तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्। नेपाल प्रहरीको वरिष्ठ प्रहरी उपरीक्षकबाट नायव महानिरीक्षकमा बढुवा भएका अधिकृतहरूलाई आज गृहमन्त्रालयमा बधाई तथा शुभकामना दिँदै निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् । उनले भने,’ तपाईंहरूको क्षमतालाई विश्वास गर्दै सरकारले बढुवा गरेकाे छ, त्याे विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पूरा गर्नुहोस् ।

उनले थप भने,’तपाईंहरूले काँधमा एकातर्फ निर्वाचनको लागि आवश्यक तयारी गर्ने र अर्कोतर्फ सम्भावित आन्दोलन नियन्त्रण गर्ने दायित्व आइलागेको छ । लोकतन्त्रमा विरोध, प्रदर्शन गर्न पाइन्छ तर शान्ति, सुरक्षा र सुव्यवस्थामा असर पार्ने गरि प्रदर्शन गर्न पाइदैन ।’

उनले पछिल्लो समय सुरक्षा चुनाैती बढेकाे बताउँदै त्यसलाई सामना गर्ने गरि सुरक्षा याेजना बनाउन निर्देशन दिए । उनले भने,’तपाईंहरुलाई कुनै कठिनाइ आइपरे गृहमन्त्रालय तपाईंहरुकाे साथ हुनेछ ।’ कार्यक्रममा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीपनि सहभागी थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*