एकैदिन बकैयाको दुई विद्यालयमा झरनाको काव्य प्रशिक्षण

बाइलाइन नेपाल
२६ पुष २०७७, आईतवार ०९:१८

हेटौंडा । झरना साहित्यिक परिवार मकवानपुरको २६०औँ साहित्य शृङ्खला मकवानपुरको बकैया गाउँपालिकाका दुई फरक स्थानमा साहित्यिक प्रशिक्षण कार्यक्रमका रुपमा शुक्रबार एकै समयमा सम्पन्न भएको छ । बकैया– २ स्थित कालिका मावि, धियाँल र वडा नम्बर ९ स्थित कालिदेवी मावि शिखरपुरमा काव्य प्रशिक्षण आयोजना गरिएको हो ।

शिखरपुरमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष दीपक गौतमले प्रशिक्षण दिएका थिए भने सहसचिव गायत्री रुपाखेती तथा सदस्य शुभलक्ष्मी विश्वकर्माले सहजीकरण गरेका थिए ।

त्यसैगरी धियाँलमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष चिरञ्जीवी लामिछानेले साहित्यिक प्रशिक्षण दिएका थिए । संस्थाका सचिव मसान उपासक र कोषाध्यक्ष कृष्ण घतानीले सहजीकरण गरेका थिए । दुबै स्थानमा भएका कार्यक्रममा सम्बन्धित विद्यालयका पाँच दर्जनभन्दा बढी विद्यार्थीहरु तथा शिक्षकहरूको अभिरुचिपूर्ण उपस्थिति रहेको थियो । दुवै विद्यालयहरुमा ११/११ सदस्यीय साहित्यिक बाल समूह समेत गठन गरिएको छ ।

झरना साहित्यिक परिवार मकवानपुरले ूसिर्जनशील नयाँ पुस्ता निर्माण अभियानू अन्तर्गत हालसम्म मकवानपुर जिल्ला भित्रका विभिन्न पचासभन्दा बढी विद्यालयहरुमा स्थलगत साहित्यिक प्रशिक्षण कार्यक्रम आयोजना गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*