ओलीले आफुसंगै कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्न खोजेः खतिवडा
भीमफेदी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भीमफेदी गाउँ कमिटीको बिस्तारित बैठकमा प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज बिरोध खतिवडाले प्रधानमन्त्री केपि शर्मा ओलिले नेपालको कम्युनिस्ट आन्दोलनलाइ आफुसङै समाप्त गर्न खोज्नुभएको बताए । खतिवडाले आफ्नो स्वार्थको लागि प्रधानमन्त्रीले संबिधानलाइ कुल्चेर मुलुकलाइ गुटबन्दिको शिकार बनाएको बताए ।
नेकपा भीमफेदी गाउँ कमिटी सचिब दीपक लामाको अध्यक्षतामा भएको बैठकमा नेकपा केन्द्रीय सदस्य तथा मकवानपुर सहइन्चार्ज कुमारि मोक्तानको विशिष्ट आतिथ्यता रहेको थियो ।
बैठकमा मकवानपुर जिल्ला सचिब प्रेम बहादुर पुलामी, कार्यालय सदस्य प्रमिला पुलामी, जिल्ला सचिवालय सदस्य तथा भीमफेदी गाउँपालिका इन्चार्ज बद्री बहादुर स्याङ्दान, जिल्ला सचिवालय सदस्य भगवति पुडासैनी, रामचन्द्र बल, लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
बक्ताहरुले प्रधानमन्त्रीले पद र सत्ताको दुरुपयोग गरि संबिधानमै नभएको काम गरि जनतामा भ्रम छर्नु भएकोले अब सत्य र न्यायको पक्षमा लाग्न कार्यकर्ताहरुमा अनुरोध गरे । बैठकमा जिल्ला सदस्य अप्सरा लोप्चन, जिल्ला आमन्त्रित सदस्य मदन बर्तौला, रन्जित राणा, मानबहादुर लामा लगायतको उपस्थिति रहेको थियो । बिस्तारित बैठकको संचालन नेकपा भीमफेदी गाउँ कमिटी सदस्य प्रकाश पुडासैनीले गरेका थिए ।

बाइलाइन नेपाल











