प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध एकजुट बनौंः पुलामी

बाइलाइन नेपाल
२५ पुष २०७७, शनिबार ११:२७

थाहा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इन्द्रसरोबर गाउँपालिकाको बिस्तारित बैठकमा प्रमुख अतिथि नेकपा मकवानपुर सचिब प्रेमबहादुर पुलामीले प्रधानमन्त्री केपी ओली चालेको असंवैधानिक कदमको बिरुद्ध एकजुट भइ संघर्षमा जुट्न कार्यकर्ताहरुलाइ आग्रह गरेका छन् ।

पुलामीले ओलीमा सन्काहा प्रबृत्ति हावी भएको पतन निश्चित भएकोले बताए । पार्टीलाई विधि र नीति भन्दा आफु अनुकुल सञ्चालन गर्न खोजेपछि बहुमतले प्रतिकार गरेको सचिव पुलामीले बताए । आफु अल्पमतमा परेपछि व्यवस्था माथि नै प्रहार गर्ने ओलीलाई सबै कार्यकर्ताले खबरदारी गर्न उनले निर्देशन समेत दिए ।

कार्यक्रममा नेकपा मकवानपुर जिल्ला सचिवालय सदस्य तथा संगठन बिभाग प्रमुख बद्री लम्सालले प्रधानमन्त्रीको असंवैधानिक कदम पश्चात् केहि ब्यक्ति पलायन हुन खोजेको बताए । आधिकारिक नेकपा प्रचण्ड– नेपालले नेतृत्व गरेको पार्टी नै भएकोले कसैलाइ भ्रममा नपर्न समेत उनले अनुरोध गरे ।

नेकपा इन्द्रसरोबर गाउँ कमिटी अध्यक्ष ऋषिराम पुडासैनीको अध्यक्षतामा भएको बैठकमा नेकपा मकवानपुर जिल्ला कमिटी सचिवालय सदस्य तथा इन्द्रसरोवर गाउँपालिका इन्चार्ज रामचन्द्र बल, जिल्ला सदस्य तथा सहइन्चार्ज बिनायक गोले, जिल्ला सदस्य जीवन लामालगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रम इन्द्रसरोबर गाउँ कमिटी सचिब बिर्जु पदम लामाले संचालन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*