प्रधानमन्त्रीले संविधानको मर्ममा छुरा प्रहार गरेः नेता खतिवडा

बाइलाइन नेपाल
२४ पुष २०७७, शुक्रबार १५:४३

थाहा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) थाहा नगरको बिस्तारित बैठकमा प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज बिरोध खतिवडाले प्रधानमन्त्री केपी ओलीले संविधानको मर्म माथि छुरा प्रहार गरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्रीले संविधानमै उल्लेख नभएको अधिकार प्रयोग गरि संसद भंग गरेको उल्लेख गर्दै नेता खतिवडाले आफ्नै पार्टी भित्र समेत सर्वसम्मत हुन नसक्ने मान्छे कसरी राजनेता हुन्छ ? भन्दै प्रश्न गरेका थिए ।

पार्टी विधि विधान तथा नीतिलाई नटेर्ने, संविधान माथि नै प्रहार गर्ने देशलाई पछाडि धकेल्ने प्रधानमन्त्री ओकीले बोलेको कुराको पछि नलाग्न उनले कार्यकर्ताहरुलाइ अनुरोध गरे ।उनले प्रधानमन्त्रीको गलत कदमको भण्डाफोर गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । ओलीका हर्कतका कारण पार्टी देखि देशसम्म समस्यामा फसेको नेता खतिवडाको भनाइ छ ।

नेकपा थाहा नगर कमिटि अध्यक्ष अरुण रायमाझीको अध्यक्षतामा भएको बैठकमा नेकपा वाग्कती प्रदेश कमिटी सचिवालय सदस्य बिष्णु बिष्ट, सदस्य महेश्वर सुवेदी, मकवानपुर जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन बिभाग सहसंयोजक कमानसिं पाख्रिन, जिल्ला कमिटी सचिवालय सदस्य तथा थाहा नगर इन्चार्ज बिष्णुप्रसाद ढकाल, जिल्ला कमिटी सदस्य तथा थाहा नगर सह इन्चार्ज लक्ष्मण बिष्ट, जिल्ला सदस्यहरु कल्याणबिक्रम घलान, जयराम रायमाझी थाहा नगर सचिवालय सदस्य कल्पना बलामीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

बक्ताहरुले प्रधानमन्त्रीले संबिधानमै नभएको काम गरि जनतामा भ्रम छर्नु भएकोले अब सत्य र न्यायको पक्षमा लाग्न कार्यकर्ताहरुमा अनुरोध गरे । बैठकमा नेकपा मकवानपुर जिल्ला कमिटी सचिवालय लवशेर बिष्ट, जिल्ला सदस्य तारा सिन्तान, गौतम बुद्ध लामा, ईश्वर लाल रुम्बा, किरणमान बल लगायतको उपस्थिति रहेको थियो ।

थाहा नगर कमिटी सचिब सानोकाजि गोपालीले संचालन गरेको कार्यक्रममा थाहा नगर कमिटी सचिवालय सदस्य बिनोदकुमार लामाले स्वागत मन्तब्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*