जन्मदिनमा पालुङका कार्की गरे केन्द्रलाई सहयोग

बाइलाइन नेपाल
२३ पुष २०७७, बिहीबार १९:३४

थाहा । विभिन्न सामाजिक संघसस्थामा आवद्ध संगम कार्कीले आफ्नो जन्मदिनको अवसरमा थाहा नगरपालिका–३ मा रहेको सीताराम दिवा जेष्ठ नागरिक केन्द्रलाई २ थान डस्टबिन हस्तान्तरण गरेका छन् । साथै उनले आफ्नो प्रत्येक जन्मदिनमा केन्द्रलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै उनले आफ्नो जन्मदिनको अवसरमा जनकल्यण मावि पालुङमा अध्ययनरत् १ जनालाई कक्षा १० सम्म अध्ययनको लागि छात्रवृत्ति प्रदान गर्ने समेत घोषणा गरे । डस्ट्बिन बितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दामनका सभाभति राजकुमार केसी, पालुङ जेसीजका बर्ष २०२० का अध्यक्ष मनोज रायमाझी , २०२० का महासचिव नवराज लामा, कार्यकारी उपाध्यक्ष सविन विष्ट, उपाध्यक्ष निरज रायमाझी मुक्तिनाथ हरियाली कृषि सहकारि संस्था का अध्यक्ष माधव कार्की लगायतको उपस्थिति रहेको थियो ।

जन्मदिनको अवसरमा सामाजिक कार्यमा सहभागि भर्इ केन्द्रलाइ सहयोग गरेकोमा केन्द्रका संयोजक ईश्वरबहादुर कार्कीले धन्यवाद सहित जन्मदिनको शुभकामना व्यक्त गरे । हाल केन्द्रमा ३० देखि ४० जना जेष्ठ नागरिकहरुको उपस्थितिमा नियमित गीता पाठ, पुराण पाठ लगायत गतिबिधि संचालन गरिने गरेको छ । साथै धार्मिक पुस्तकालयको स्थापना गर्ने समेत लक्ष्य रहेको केन्द्रका अध्यक्ष कार्कीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*