जागरुक युवा समाज कतारको अध्यक्षमा पुनः चुवान

बाइलाइन नेपाल
२१ पुष २०७७, मंगलवार १८:१९

कतार । जागरुक युवा समाज नेपाल कतारको पाँचौ साधारण सभा सम्पन्न भएको छ । कतारको दोहा स्थित अफघान रेस्टुरेन्ट नज्मामा भएको सभाले पुनः राज चुवानको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा यादवप्रासाद चौलागाईं, द्वितीय उपाध्यक्ष मोहन श्रेष्ठ, सचिव हिरालाल गजमेर, कोषाध्यक्ष नवीन थापा र सदस्यहरु राजकुमार दाहाल, केशव कंडेल, प्रेमराज शाक्य, मनोज नेपाली चयन भएका छन् । कार्य समितिमा दुई सदस्य पछि थप्ने गरिने छ । यादवप्रसाद चौलागाईंले संचालन गरेको कार्यक्रममा संस्थाका संरक्षक बिरेन्द्रप्रसाद पन्त, सल्लाहकार रबिन्द्र पोखरेलको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*