मकवानपुरे मोडल सगुनको नयाँ म्यूजिक भिडियो बजारमा

बाइलाइन नेपाल
२० पुष २०७७, सोमबार १७:०८

हेटौंडा । मकवानपुरे मोडल सगुन स्याङतानको नयाँ म्यूजिक भिडियो बजारमा आएको छ । बिशाल काल्तानको शब्द,संगीत र लय रहेको ‘के खानु कसम’ नामक गीतमा उनले मोडेलिड्ड गरेका हुन् । आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि ‘के खानु कसम’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

आज पत्रकार सम्मेलनमा मोडल सगुनले हालै सार्वजनिक भएको ‘.के खानु कसम’बोलको गीतबाट र्दशकले मन पराउनेमा आशावादी रहेको बताए । उनले मोडलिड्ड क्षेत्रमा लामो समय विताएको भन्दैे दर्शकहरुमा यस भिडियोले मनोरञ्ज प्रदान गर्ने र माया पिरती बिचको भिडियो भएको हुँदा सबैले माया गर्नेमा विश्वस्त रहेको उल्लेख गरे । फिल्म तथा म्युजिक भिडियो आफ्नो रुचिको बिषय रहेको बताउँदै यस क्षेत्रमा निरन्तर अघि बढ्ने उनको भनाइ छ ।

सुमित लामाको निर्देशनमा बनेको म्यूजिक भिडियोमा सगुनलाई मोडल यङगी दोड्ड (तामाड्ड)ले साथ दिएकी छिन् । दुच्छे म्यूजिक क्रियशनबाट सार्वजनिक भएको यस गीतमा दीपेश प्रधानकोे अडियो मिक्सिङ रहेको छ । लक्ष्मण घिमिरेले छायाङ्कन र विष्णु सेवाले ड्रोनको भुमिका निर्वाह गरेका छन् । पत्रकार सम्मेलनमा निर्देशक लामाले भिडियो राम्रो बनेको भन्दै सबैले हेरेर सल्लाह तथा सुझाव दिनको लागि आग्रह गरे । उनले चितवानको जेम्सवल्ड पार्क, कबिलास रिसोर्ट, टिकौलीको जंगल लयाततको क्षेत्रमा भिडियो छ्याङकन गरिएको जानकारी दिए । भिडियोलाई द मिरर युनिटले निर्माण गरेको हो ।

हजुरको खबर डटकमका प्रमुख रुपक कालिराजले सहजीकरण गरेको कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, उपाध्यक्ष सरिता दाहाल, खबर ब्रेक डटकमका प्रमुख धर्मेन्द्र दाहाल, चलचित्र पत्रकार संघका केन्द्रीय उपाध्यक्ष दीपज्योति थापा, उपाध्यक्ष कपिल खड्का, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा, मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुर सल्लाहकार सुनिल लोप्चन लगायतको आथित्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*