राष्ट्रिय सभाका सांसद, को कता ?

बाइलाइन नेपाल
१२ पुष २०७७, आईतवार ०८:१८

राष्ट्रिय सभामा अहिले ५९ जना सांसद छन् । यसमध्ये कांग्रेसका ६ जना सांसद छन् । मनोनीत सांसद तीनजना छन् । तीनजना जसपाका सांसद छन् । त्यस्तै, अध्यक्ष र उपाध्यक्षलाई समेत जोड्ने हो भने नेकपाका ४७ सांसद छन् । नेकपा विभाजित भएकाले राष्ट्रिय सभामा प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल समूह देखिनेछ । नेकपाका ४७ सांसदमध्ये आफ्नो समूहमा २४ जना रहेको प्रचण्ड–नेपाल पक्षको दाबी छ । प्रचण्ड–नेपाल समूहमा २२ सांसद भए विपक्षीहरूको राष्ट्रिय सभामा बहुमत हुनेछ ।

प्रचण्ड–नेपाल समूहमा शशिकला दाहाल (उपाध्यक्ष), खिमकुमार विक, जीवन बुढा, नारायणकाजी श्रेष्ठ, दीनानाथ शर्मा, महेशकुमार महरा, विना पोखरेल, राधेश्याम पासवान, हरिराम चौधरी, मायाप्रसाद शर्मा, तारामान स्वाँर, जगप्रसाद शर्मा, गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, नन्दा चपाईं, पर्शुराम मेघी गुरुङ, शेरबहादुर कुँवर, सिंहबहादुर विश्वकर्मा, बेदुराम भुसाल, शारदादेवी भट्ट, इन्दु कडरिया, शान्तिकुमार अधिकारी जिसी रहेका छन् ।

त्यस्तै, ओलीको पक्षमा गणेशप्रसाद तिमल्सिना (अध्यक्ष), अगमप्रसाद बान्तवा राई, कविता बोगटी, कोमल वली, खिमलाल भट्टराई, चक्रप्रसाद स्नेही, देवेन्द्र दाहाल, इन्दिरादेवी गौतम, दीपा गुरुङ, दिलकुमारी रावल, नरपति लुवार, नैनकला ओझा, भैरवसुन्दर श्रेष्ठ, रामचन्द्र राई, रामबहादुर थापा, रामलखन चमार, सुमित्रा बिसी, विमला घिमिरे, सुमनराज प्याकुरेल, गोपाल भट्टराई, चन्द्रबहादुर खड्का, तुलसाकुमारी दाहाल, भगवती न्यौपाने छन् । नयाँ पत्रिकामा किरण दाहालले खबर लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*