ओलीको आँखा अख्तियारमा, प्रेमकुमारलाई नियुक्ति दिने योजना

बाइलाइन नेपाल
१ पुष २०७७, बुधबार ०८:०७

६५ वर्षे उमेर हदका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पदबाट दीप बस्न्यातले २०७४ माघ २९ गते अवकाश लिए । संवैधानिक व्यवस्थाअनुसार त्यसको एक महिनाअघि अर्थात् पुस २९ गतेअघि नै प्रमुख आयुक्तको सिफारिस हुनुपर्नेमा भएन । २०७४ फागुन ३ गते सरकार परिवर्तन भएर केपी शर्मा ओली प्रधानमन्त्री बने । त्यसपछि पनि पदाधिकारी सिफारिस नहुनुको जिम्मेवारी उनको हो । त्यतिमात्रै होइन, राजनारायण पाठकले राजीनामा दिएपछि अख्तियारको अर्को आयुक्त पद २० महिनादेखि रिक्त छ ।

हाल अख्तियारमा तीन पदाधिकारी रिक्त छन् । कार्यवाहक प्रमुख आयुक्त गणेशराज जोशीसहित अर्का आयुक्तको पदावधि करिब तीन महिनामात्रै बाँकी छ । आफ्नो अनुकूलमा काम गरेका निवर्तमान प्रमुख आयुक्त नवीन घिमिरेको अवकाशपछि प्रधानमन्त्री ओलीले बाँकी पदाधिकारीलाई पनि त्यसैगरी ‘प्रयोग’ गर्न खोजेको अख्तियार स्रोत बताउँछ । ‘ओलीको स्वार्थका केही फाइल अघि बढाएको भए अहिले अख्तियारमा नियुक्तिको हतारो हुने थिएन,’ अख्तियार स्रोतले भन्यो, ‘त्यसो नगर्दा अहिले नियुक्तिमा हतारो देखिएको हो ।’ यसअघिको ललिता निवास प्रकरणलाई संकेत गर्दै अख्तियार स्रोतले त्यस्तै प्रकृतिका ती फाइल राजनीतिक व्यक्ति र केही संवैधानिक पदाधिकारीसँग सम्बन्धित भएको अख्तियार स्रोतले बतायो ।

प्रधानमन्त्री ओली अख्तियारमा पूर्वगृहसचिव प्रेमकुमार राईलाई नियुक्त गर्ने योजनामा छन् । प्रधानमन्त्री ओलीका अत्यन्त नजिक मानिने राईलाई कर्मचारी वृत्तमा ‘नेकपाका पोलिटब्युरो सदस्य’ भनेर व्यंग्य गरिन्थ्यो । कान्तिपुरमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*