देशभर ३६६ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत

बाइलाइन नेपाल
२६ मंसिर २०७७, शुक्रबार ०६:२६

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर ३६६ कोरोना भाइरस संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।मन्त्रालयका अनुसार ३०९ जना आईसीयूमा छन् भने ५७ को भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रदेश १ मा ३६ जना आईसीयूमा र ६ को भेन्टिलेटरमा उपचार भइरहेको छ भने प्रदेश २ मा ७ जना आईसीयूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयको बिहीबारको तथ्यांकमा उल्लेख छ । यसैगरी बागमती प्रदेशमा १ सय २२ मा आईसीयूमा र ३६ को भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै गण्डकी प्रदेशमा ७७ जना आईसीयूमा र ८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने लुम्बिनी प्रदेशमा ५३ जना आईसीयूमा र ३ को भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार कर्णाली प्रदेशमा ७ जना आईसीयूमा छन् भने सुदूरपश्चिम प्रदेशमा ७ जना आईसीयूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*