आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना

बाइलाइन नेपाल
२५ मंसिर २०७७, बिहीबार ०७:३२

अहिले प्रदेश नं १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बिहीबार दिउँसो प्रदेश नं १, प्रदेश नं २ र वाग्मति प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ।

प्रदेश नं १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।बिहीबार राति प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*