आज ३३औँ विश्व एड्स दिवस

बाइलाइन नेपाल
१६ मंसिर २०७७, मंगलवार ०९:५२

आज ३३औँ विश्व एड्स दिवस । विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।‘एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवार’ भन्ने नारासहित आज विविध कार्यक्रम हुँदैछ ।

एड्स भएपछि शरीरको रोगसँग लड्ने क्षमता ह्रास भएर क्यान्सर जस्ता अवसरवादी रोग लाग्ने विज्ञहरू बताउँछन् ।रगतको परीक्षण गरेपछि एचआईभी भए नभएकोबारे थाहा हुन्छ । विशेष गरेर असुरक्षित शारीरिक सम्पर्क गर्ने व्यक्ति, सुईमार्फत ड्रग्स लिने व्यक्तिले एचआईभीको जाँच समयमै गराउनु पर्ने चिकित्सकहरू बताउँछन् ।

एचआईभी सार्ने मुख्य कारणमध्ये नेपालमा ७६ प्रतिशत असुरक्षित शारीरिक सम्पर्कबाट नै सर्ने गरेको अनुसन्धानले देखाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ सङ्क्रमण हुने दर ६४ प्रतिशतले घटेको छ । सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ तारिखमा यो दिवस मनाइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*