सहिद स्मारकमा आदिवासी जनजाति संग्रहालय

बाइलाइन नेपाल
१६ मंसिर २०७७, मंगलवार ०८:५७

हेटौंडा । हेटौंडाको नवलपुरमा रहेको पर्यटकिय स्थल सहिद स्मारक परिसरमा आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने भएको छ । हाल संग्रहालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

मकवानपुरका ८ गाउँपालिका, १ नगरपालिका र १ उपमहानगरपालिका क्षेत्रमा बसोबास गरेका आदिवासी जनजातिको भेषभुषा, रीतिरिवाज, धर्मस संस्कृतिका झलक तथा उनीहरुले प्रयोगमा ल्याएका भाँडावर्तन र औजारहरु संग्रहालयमा राखिने सहिद स्मारक व्यवस्थापन विकास समिति कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले जानकारी दिए ।

जनजाति संग्रहालय गतवर्षबाटै सुरु गरिनेमा विविध कारण ढिलाइ हुन पुगेको न्यौपाने बताउँछन् । उनले भने–जिल्लामा रहेका जनजातिको संस्कृति जोगाउने मुख्य उद्देश्यले संग्रहालय स्थापना गरिने निर्णय भएको हो । कोरोना कहरका कारण काम रोकिएका कारण थप केही समय लाग्न सक्छ ।

स्मारकको मनमोहक दृष्य अवलोकनका लागि आउने आन्तरिक तथा वाह्य पर्यटकका लागि थप विशेष पाटोका रुपमा संग्रहालय बन्ने न्यौपाने बताउँछन् । स्मारक परिसरमा सहिद अध्ययन अनुसन्धान केन्द्र स्थापना गरी शहीदको जीवनी र तिनले प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदानबारे सामग्री पनि राखिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*