काठमाडौँमा आज यो वर्षकै धेरै जाडो

बाइलाइन नेपाल
१३ मंसिर २०७७, शनिबार ०८:०३

काठमाडौँमा आज यो वर्षकै धेरै जाडो भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार विहान काठमाडौँको तापक्रम यो वर्षकै कम मापन गरिएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान काठमाडौंको तापक्रम ५ डिग्री सेल्सियसमा झरेको हो । यसअघि शुक्रबार ८ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम एकैदिन ३.५ डिग्रीले घटेको हो ।

राति देशभरीकै मौसम सफा भएकाले बिहान देशभर तापक्रम घटेको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार राति मौसम सफा भए बिहानको तापक्रम घट्छ । तर, राति बादल लागे बिहानको तापक्रम बढ्छ । तापक्रम घटेकाले धेरै चिसो महसुस भएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*