पारस खड्का दशकको आइसिसी उत्कृष्ट एसोसिएट क्रिकेटरको मनोनयनमा

बाइलाइन नेपाल
९ मंसिर २०७७, मंगलवार १८:०९

नेपालका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेट’ अवार्डको मनोनयनमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार सार्वजनिक गरेको मनोनयनमा पारससहित ६ खेलाडी परेका हुन् ।

मनोनयनमा स्कटल्याण्डका तीन खेलाडी काइल कोएट्जर, कोलम म्याकल्याण्ड र रिची बेरिङटन परेका छन् भने पपुवा न्यूगिनीका असद भाला र नेदरल्याण्ड्सका पिटर बोरन अटाएका छन् ।सन् २००२ मा यू-१५ टोलीबाट क्रिकेट खेल्न थालेका पारसले सन् २००९ मा नेपालको कप्तानी गरेका थिए ।

पारसको १० वर्षे कप्तानीकालमा नेपालले पहिलो पटक टी-२० विश्वकप खेल्नुका साथै एकदिवसीय मान्यता पाएको थियो ।२८ असोज २०७६ मा उनले कप्तानी छाडे । तर राष्ट्रिय टिमबाट निरन्तर खेलिरहेका छन् ।

आईसीसीले अवार्डका लागि भोटिङ खुल्ला गरिसकेको छ । आईसीसीको वेबसाइटमार्फत अवार्डको मनोनितमा परेकाहरुलाई भोट गर्न सकिने छ । आइसीसीले भोटमार्फत मनोनित छ जनाबाट दशकको उत्कृष्ट क्रिकेट खेलाडी छनोट गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*