बिबिसीका १०० प्रभावशाली महिलाको सूचीमा १८ वर्षीया सपना
बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा म्याग्दीकी १८ वर्षीया सपना रोका मगर परेकी छन् ।बीबीसीले सन् २०२० का लागि छनोट गरेका संसारभरका महिलाहरुको सूचीमा मगरलाई समावेश गरेको हो ।
उनले बेवारिसे शवको अन्तिम संस्कार गर्दै आएकी थिइन् । उनी सडक, गल्ली र अस्पतालका वेबारिसे शवको अन्तिम संस्कार गर्ने विनयजङ्ग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमा काम गर्छिन् ।
बीबीसीसँगको कुराकानीमा सपना भन्छिन्, ‘संसारभर बेघर र छाडिएका मान्छे छन्, उनीहरु सडकमै मर्छन्, उनीहरुसँग पनि उचित अन्तिम संस्कारको अधिकार छ, म समाजसेवाका लागि मात्र नभएर आफ्नो खुशीका लागि पनि यो काम गर्छु ।’
सपनाले बेवारिसे शवलाई अस्पतालमा पुर्याई पोस्टमार्टम गरेर दाहसंस्कार गर्ने कार्यमा सहभागी हुन्छिन् । यसअघि नेपाली मिडियाले उनको कार्यलाई साहसिक मान्दै समाचार तयार पारेका थिए ।

बाइलाइन नेपाल











