प्रधानमन्त्रीले गरे चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल

बाइलाइन नेपाल
७ मंसिर २०७७, आईतवार १७:१४

काठमाडौँ । आइतबार दिउँसो चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सामूहिक छलफल गरेका छन् । पछिल्लो समय आफ्नै पार्टी नेकपाभित्रको विवादले चर्को रुप लिएको समयमा प्रधानमन्त्री ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुसँग छलफल गरेका हुन् ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख डा. गणेश अधिकारीको उपस्थिति रहेको थियो ।

यद्यपी सुरक्षा निकायका प्रमुखसँग के विषयमा कुराकानी भएको भन्ने विषय सार्वजनिक गरिएको छैन । बालुवाटार स्रोतका अनुसार चारवटै सुरक्षा निकायका प्रमुखसँगको छलफल नियमित प्रक्रिया रहेको जनाएपनि पार्टीभित्र विवाद रहेको बेला भेट्नुलाई अर्थपूर्ण रपमा हेरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*