हेटौंडामा कोरोना संक्रमितको मृत्यु

बाइलाइन नेपाल
५ मंसिर २०७७, शुक्रबार १७:३०

हेटौंडा उपमहानगरपालिकामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । वडा नम्बर ५ की ६४ वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भएको हो ।पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि होम आइसोलेसनमा रहेकी महिलाको मृत्यु भएको वडाध्यक्ष राजेश बानियाँले जानकारी दिए । ती महिलालाई एक साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै हेटौंडा उपमहानगरमा मात्र कोरोनाका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ । त्यस्तै थाहा नगरपालिका, मनहरी र बकैया गाउँपालिकामा २/२ जना तथा बागमती गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*