मकवानपुरको वाग्मतीमा बालिका मृत फेला

बाइलाइन नेपाल
४ मंसिर २०७७, बिहीबार ०७:४१

हेटौंडा । मकवानपुरको वाग्मती गाउँपालिकामा एक बालिका मृत अवस्थामा फेला परेकी छिन् । गाउँपालिका–र ७ को लामिटार निवासी चार वर्षकी रुविना पाख्रिन मृत अवस्थामा फेला परेको जिल्ल प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बुधबार साँझ हराएकी बालिका एक घण्टापछि मृत अवस्थामा फेला परेको स्थानीयले बताएका छन् । बालिकाको शरिरका विभिन्न स्थानमा चोट लागेको जनाइएको छ । बलत्कारपछि बालिकाको हत्या भएको आशंका स्थानीयले गरेका छन् । बालिकाको शव पोस्टमर्टमको लागि हेटौंडा ल्याइएको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले घटनाको अनुसन्धान भईरहेको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*