मुख्यमन्त्री पौडेलले दिए भाइटिका र नेपाल सम्वतको शुभकामना
हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भाईटिका र नेपाल संवत् ११४१ को अवसरमा शुभकामना दिएका छन् । भाईटिका र नेपाल संवत्को शुभकामना दिंदै मुख्यमन्त्री पौडेलले सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
नेवारी समुदायले नयाँ वर्षको रुपमा मनाउँदै आएको नेपाल संवत्ले आपसी प्रदेश सद्भाव कायम होस भन्ने शुभकामना उनले दिएका छन् । यस्तै भातृत्वको पर्व भाईटिकाले सकारारत्मक उर्जा, सिर्जनाशिलतासहित सत्कर्ममा अविरम अघि बढ्ने प्रेरणा मिलोस् शुभकामना सन्देशमा उल्लेख छ ।


बाइलाइन नेपाल











