मनहरीमा कोरोना संक्रमितको मृत्यु

बाइलाइन नेपाल
३० कार्तिक २०७७, आईतवार १८:२५

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका– ७ मनहरी बजारकी ८४ वर्षीया वृद्धाको कोरोना भाइरस संक्रमणका कारण आइतबार मृत्यु भएको छ । कोरोनाबाट थलिएकी वृद्धालाई उपचारका लागि भरतपुर अस्पतालमा लगिएपनि निको भएपछि घरमा ल्याइएको थियो । तर आइतबार भने उनको मृत्यु भएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए ।

गएराती होम आइसोलेसनमा उनको मृत्यु भएको अध्यक्ष उप्रेतीले जानकारी दिए । कोरोनाको शंका लागेपछि एक हप्ता अगाडि भरतपुर अस्पतालमा उपचारका लागि लगिएको थियो । वृद्धाको शव आजै नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*