जुवा र मोजमस्तीले टाट पल्टिदै ‘इन्स्टाग्रामका राजा’ ड्यान बिल्जारियन
एजेन्सी- ‘इन्स्टाग्रामका राजा’ बाट कहलिएका अमेरिकी जुवाडे ड्यान बिल्जारियन टाट पल्टिदै गएका छन् ।जुवातास, मोजमस्ती रूचाउने जुवाडे ड्यान बिल्जारियनको खर्च र विलाशी जीवनबारे फोर्ब्स पत्रिकाले पनि चर्चा गरेको छ ।
फोर्ब्सको एक रिपोर्टअनुसार उनको कम्पनी इग्नाइट कोरोना महामारीले संकटमा पर्दा पनि बिल्जारियनले मोजमस्ती गर्न छाडेका छन् ।बिल्जारियनको जीवनशैली निकै बिलासी छ । इन्स्टाग्राममा निकै सक्रिय रहने उनका ३२.६ मिलियन फलोअर छन् । युवतीसँगका कामुक तस्वीर सार्वजनिक गरिरहने उनी उच्च बिलाशी जीवनशैलीका लागि पनि परिचित छन् ।
हरेक समय युवतीहरूले घेरिएर रहने बिल्जारियन विचित्रका सोखको लागि पनि परिचित छन् ।महामारीले कम्पनी बन्द हुन लागेको समाचार आइरहँदा पनि युवतीसँग मोजमस्तीमा रहेका उनले आफ्नो कम्पनीबारे आएका नकारात्मक सामग्रीलाई गलत भनेका छन् ।
उनले हालै एक ट्वीटमा आफ्नो कम्पनी टाट पल्टिन्छ भनेर पर्खिरहेका मिडिया हेरेको हेर्यौ हुने पनि बताएका छन् ।फोब्र्सको रिपोर्ट अनुसार २०१९ को सुरुवातमा बिल्जारियनको सम्पत्ति १५० मिलियन डलर थियो । तर, उनको त्यो सम्पत्ति अहिले घट्दै गएको बताइएको छ ।- एजेन्सीको सहयोगमा

बाइलाइन नेपाल











