लक्ष्मी जयन्तीमा नवोदय बाल बगैँचाको विशेष कार्यक्रम

बाइलाइन नेपाल
२७ कार्तिक २०७७, बिहीबार २१:१३

हेटौंडा । हेटौंडा–४ कमलडाँडास्थित नवोदय शिशु सदन विद्यालयमा गठित नवोदय साहित्यिक बगैंचा बाल क्लबद्वारा आयोजित ११२औॅं लक्ष्मी जयन्ती विशेष कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा क्लबकी अध्यक्ष इलिशा पराजुलीले सभाध्क्षता ग्रहण गरेकी थिइन् भने कार्यक्रमका अतिथिका रूपमा निमेष निखिल , पुरषोत्तम आचार्य, नरेन्द्र कुमार नगरकोटी, अनिता न्यौपाने, डीबी बर्तौलालगायतका मकवारपुरे साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

क्लबका सदस्यहरूद्वारा भएको कार्यक्रममा क्लबका सदस्यहरूले देवकोटाको जीवनमा आधारित रहेर कविता वाचन, देवकोटाको जीवनीमा आधारित नाटक र कार्यशालाबाट सिकेका विदयार्थीहरूको स्लाइड तथा कविता वाचन भएको थियो । त्यस्तै विभिन्न विद्यालयका विद्यार्थीहरूको प्रतिनिधि रचना वाचन र वाचित रचनामाथि नरेन्द्र कुमार नगरकोटी र अनिता न्यौपानेले समालोचनात्मक टिप्पणी पनि गरेका थिए ।

कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले मन्तव्य राखेका थिए । सभाध्क्ष पराजुलीबाट आउने दिनहरूमा पनि साहित्यिक कार्यक्रमलाई निरन्तरता दिने वाचा गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*