एउटै परीक्षामा दोहोरो शुल्क
आठवटा माध्यमिक विद्यालयले कक्षा ११ को परीक्षाका लागि विद्यार्थीबाट दुई पटक शुल्क लिएको पाइएको छ । नकल्याण नमुना मावि थारमारे, सर‚वती मावि शिवरथ, दुर्गा सरस्वती मावि बाफुखोला, बालकन्या मावि कोटबारा, महेन्द्र मावि कुमाईगाउँ, त्रिज मावि माल्नेटा, भानुभक्त मावि दमाचौर र महेन्द्ररत्न मावि पिपलनेटाले शुल्क उठाएपश्चात विद्यार्थीलाई कुनै बिल तथा रसिद नदिएको विद्यार्थीले बताएका छन् ।
ती विद्यालयले प्रतिविद्यार्थी चार सयदेखि छ सय रुपियाँसम्म उठाएका छन् । जनकल्याण नमुना मावि थारमारेका प्रधानाध्यापक पूर्णबहादुर भण्डारीले एउटै वर्ष दुई पटक परीक्षा शुल्क लिएको देखिने भएकाले रसिद नदिएको बताउँदै भने, “पहिले उठाइएको शुल्क राष्ट्रिय परीक्षा बोर्डले लग्यो । अब हामीले नै परीक्षा सञ्चालन गर्नुपर्ने भएपछि पुनः शुल्क उठाउनुपरेको हो ।”
त्रिज मावि माल्नेटाका प्रधानाध्यापक वायुकुमार ब्रहामनले शुल्क उठाएको सम्र्पण रकम परीक्षामा नै खर्च हुने भएकाले रसिद नदिएको तर्क गरे। गोरखापत्र दैनिकमा खबर छ ।

बाइलाइन नेपाल











