देशभर थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि

बाइलाइन नेपाल
२४ कार्तिक २०७७, सोमबार १६:५२

बितेको २४ घण्टामा देशभर थप २५७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १७९८ जना निको समेत भएका छन् । मन्त्रालयका अनुसार हालसम्म १ लाख ९७ हजार २४ जना कोरोना संक्रमित हुँदा १ लाख ५९ हजार ७२४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयले कोरोना निको हुने दर ८१ प्रतिशत रहेको जनाएको छ । यसैगरी हालसम्म कोरोनाबाट ११२६ जनाको मृत्यु भएको छ भने बितेको २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । हालसम्म १५ लाख ५१ हजार २५४ जनाको पीसीआर भएको छ भने क्वारेन्टाइनमा ९६७ जना रहेका छन् । यस्तै सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*