दामनको भर्याङमा छायाँकन गरिएको गीत सार्वजनिक (भिडियो सहित)

बाइलाइन नेपाल
२३ कार्तिक २०७७, आईतवार १९:०५

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकाको थाहामा रहेको नेपालकै लामो मानिने फलामे भ¥याङमा छायांकन भएको गाँजालु आँखैले बोलको गीत सार्वजनिक भएको छ । हेटौंडाका गायक आशिष अस्लामी मगरको स्वरमा रहेको गित थाहा नगर निवासी विवेक पाख्रिनले रचना गरेका हुन् ।

पर्यटकीय नगरीको सुन्दर दृश्य सहित सोल्टा सोल्टीनीको प्रेम दर्शाइएको उक्त गीतमा कलाकारहरु भुपेन्द्र राना र सुजु मगर मुख्य भुमिकामा रहेका छन् । स्थानीय लोक संस्कृतिको झल्को दिने शैलीमा युवा युवतीका प्रेम देखिन्छ । गायक मगरको क्या राम्री बोलको गीतको शृङख्ला दूईको रुपमा आएको गाँजालु आँखैको निर्देशन थाहा कला केन्द्रका अध्यक्ष सानुबाबु मोक्तानले गरेका हुन् ।

म्युजिक भिडियो एजे टिम हेटौंडाले खिचेको हो भने संगीत संयोजनमा अमृत ल्वागुनले गरेका हुन् । गीतमा सञ्चारकर्मी अमृत चिमरिया, कृपा गोपाली, सुब्बु रिजाल र सानुबाबु मोक्तानको अभिनय रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*