चितवनमा हेटौंडाका कोरोना संक्रमित वृद्धको मृत्यु

बाइलाइन नेपाल
२० कार्तिक २०७७, बिहीबार १०:४७

चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक वृद्धको विहीबार बिहान मृत्युु भएको छ ।मृत्यु हुने ८२ वर्षीय वृद्ध मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ का रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि बुधबार अस्पताल भर्ना भएका थिए ।स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कोभिड आइसियूमा राखी उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*