भारतीय सेनाध्यक्ष नरावणे आज नेपाल आउँदै

बाइलाइन नेपाल
१९ कार्तिक २०७७, बुधबार ०७:५३

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणे आज नेपाल भ्रमणमा आउँदैछन् । नेपाली सेनाको निमन्त्रणामा बुधबार बिहान साढे ११ बजे नेपाल आईपुग्ने नरावणे शुक्रबार स्वदेश फर्कने छन् ।नरावणे तीन दिनसम्म नेपाल रहँदा बिहीबार नेपाली सेनाको मानार्थ सेनाध्यक्षको पदवी ग्रहण गर्नेछन् । उनलाई राष्ट्रपति विद्या भण्डारीले मानार्थ सेनाध्यक्षबाट सम्मान गर्नेछिन् ।

नरावणेले भने बुधबारबाट हुने आफ्नो नेपाल भ्रमणले दुई देशको सेनाबीचको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेका छन् ।भारतीय सञ्चार माध्यमहरूका अनुसार उनले प्रधानमन्त्री केपी ओलीसँग भेट गर्न पाउन लाग्दा निकै खुशी लागेको प्रतिक्रिया दिएका छन् । नरावणेको नेपाल भ्रमणलाई लक्षित गर्दै सुरक्षा तैनाथी बढाएको छ । नेपाल र भारतका सेना प्रमुखबीच मानार्थ महारथीको सम्मान गर्ने परम्परा सन् १९५० पछि जारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*