यातायात व्यवस्था सेवा कार्यालय हेटौंडा आजबाट सञ्चालनमा
हेटौँडा। कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखा परेपछि बन्द रहेको वाग्मती प्रदेश यातायात सेवा कार्यालय आजबाट सञ्चालनमा आउने भएको छ । हेटौँडा–११ मा रहेको कार्यालयले सूचना जारी गर्दै आजबाट सेवा सुरु गर्ने जनाएको छ ।
कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि कात्र्तिक १६ गतेबाट कात्र्तिक १९ गतेसम्म कार्यालय बन्द रहने सूचना जारी भएको थियो । तर आज कात्र्रिक १९ गतेबाटै कार्यालय सञ्चालन हुने कार्यालय प्रमुख भक्तबहादुर भण्डारीद्वारा जारी सूचनामा उल्लेख छ । कार्यालयले प्रदान गर्ने सबै सेवा सुचारु हुने जनाइएको छ ।


बाइलाइन नेपाल











