मकवानपुरमा बुधबार बिहान ४० जना संक्रमित थपिए

बाइलाइन नेपाल
१९ कार्तिक २०७७, बुधबार ०६:५६

हेटौंडा । मकवानपुरमा बुधबार बिहानै ६१ जना संक्रमित थपिएका छन् । जसमा अधिकांश हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । आयुर्वेद तथा जनस्वास्थ्य प्रर्वद्धन शाखा गोरक्षेश्वर कोभिड–१९ स्वाब संकलन केन्द्रले जारी गरेको रिपोर्ट अनुसार मकवानपुरका विभिन्न स्थानीय तहमा बसोबास गर्नेसहित ४० जनामा कोरोना पुष्टि भएको हो ।

जनस्वस्थ्य निरीक्षक भोला चौलागाईंले दिएको जानकारी अनुसार हेटौंडा उपमहानगरपालिका भित्रमा २८ जना कोरोना संक्रमित फेला परेका छन् । यस्तै मनहरी गाउँपालिका ६ जना, थाहा नगरपालिकाका ४ जना र बकैया गाउँपालिकामा१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । मकवानपुर बसोबास गर्ने पबाहिरी जिल्लाका १ जनामा पनि कोरोना संक्रमण देखा परेको छ । कात्र्तिक १७ गते संकलन गरिएको १०१ जनाको स्वाब परीक्षण गर्दा ४० जनामा कोरोना देखा परेको हो । जसमा पुरुष २२ र महिला १८ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*