६८ कोरोना संक्रमित भेन्टिलेटरमा, ३७२ को आईसीयूमा उपचार हुँदै

बाइलाइन नेपाल
१८ कार्तिक २०७७, मंगलवार १८:५८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ४ सय ४० जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ । मन्त्रालयको तथ्यांक अनुसार ६८ जना भेन्टिलेटरमा र ३७२ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन्।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १८२ जना आईसीयूर ३९ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४७ जना आईसीयू र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३६ जना आईसीयू र १५ जना भेन्टिलेटरमा र प्रदेश २ मा १० आईसीयूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ६ आईसीयू र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८६ आईसीयू र ८ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ५ आईसीयू उपचाररत रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*