मकवानपुरमा मंगलबार ६१ जना संक्रमित थपिए, हेटौंडामा ५३ जना

बाइलाइन नेपाल
१८ कार्तिक २०७७, मंगलवार ०७:०३

हेटौंडा । मकवानपुरमा मंगलबार बिहानै ६१ जना संक्रमित थपिएका छन् । जसमा अधिकांश हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । आयुर्वेद तथा जनस्वास्थ्य प्रर्वद्धन शाखा गोरक्षेश्वर कोभिड–१९ स्वाब संकलन केन्द्रले जारी गरेको रिपोर्ट अनुसार मकवानपुरका विभिन्न स्थानीय तहमा बसोबास गर्नेसहित ६१ जनामा कोरोना पुष्टि भएको हो ।

जनस्वस्थ्य निरीक्षक भोला चौलागाईंले दिएको जानकारी अनुसार हेटौंडा उपमहानगरपालिका भित्रमा ५३ जना कोरोना संक्रमित फेला परेका छन् । यस्तै भीमफेदी गाउँपालिकामा २, मनहरी गाउँपालिका–२ र बकैया गाउँपालिकामा २ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । मकवानपुर बसोबास गर्ने पर्वतर सिन्धुलीका २ जनामा पनि कोरोना संक्रमण देखा परेको छ । कात्र्तिक १७ गते संकलन गरिएको १४२ जनाको स्वाब परीक्षण गर्दा ६१ जनामा कोरोना देखा परेको हो । जसमा पुरुष ३८ र महिला २३ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*