मकवानपुरमा सोमबार २३ जना संक्रमित थपिए
हेटौंडा । मकवानपुरमा सोमबार बिहानै २३ जना संक्रमित थपिएका छन् । जसमा अधिकांश हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । आयुर्वेद तथा जनस्वास्थ्य प्रर्वद्धन शाखा गोरक्षेश्वर कोभिड–१९ स्वाब संकलन केन्द्रले जारी गरेको रिपोर्ट अनुसार मकवानपुरका विभिन्न स्थानीय तहमा बसोबास गर्नेसहित २३ जनामा कोरोना पुष्टि भएको हो ।
जनस्वस्थ्य निरीक्षक भोला चौलागाईंले दिएको जानकारी अनुसार हेटौंडा उपमहानगरपालिका भित्रमा १६ जना कोरोना संक्रमित फेला परेका छन् । यस्तै मकवानपुरगढी गाउँपालिकामा ३, मनहरी गाउँपालिका–३ र बकैया गाउँपालिकामा १ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । कात्र्तिक १६ गते संकलन गरिएको १३० जनाको स्वाब परीक्षण गर्दा २३ जनामा कोरोना देखा परेको हो । जसमा पुरुष १५ र महिला ८ जना रहेका छन् ।


बाइलाइन नेपाल











