कोरोना मुक्त मुख्यमन्त्री डोरमणि पौडेल डिस्चार्ज

बाइलाइन नेपाल
१६ कार्तिक २०७७, आईतवार १५:५१

हेटौंडा । कोरोना भाइरसको संक्रमण मुक्त भएका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आज अस्पतालबाट डिस्चार्ज भएका छन् । शनिबार पुनः स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएसँगै कोरोना मुक्त भएपनि मुख्यमन्त्री सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र काठमाडौमा उपचाररत् थिए ।

स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि मुख्यमन्त्री पौडेल आज अस्पतालबाट डिस्चार्ट भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । अस्पतालबाट डिस्चार्ज भएका मुख्यमन्त्री पौडेल होम आइसोलेसनमा बसेको दाहालले बताए । ललितपुरको भैसेपाटी स्थित सरकारी निवासमा मुख्यमन्त्री पौडेल होम आईसोलेशनमा बसेको जनाइएको छ । कात्र्तिक १५ गते स्वाब परीक्षण गदा पौडेलको रिपोर्ट नेगेटिभ आएको थियो ।

मधुमेहका बिरामी मुख्यमन्त्री पौडेलको केही महिनाअघि मुटुको शल्यक्रियासमेत गरिएको थियो । कोरोना संक्रमण भएपछि मुख्यमन्त्री पौडेललार्ई कात्तिक ६ गते थप उपचारका नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो । मुख्यमन्त्रीकी पत्नी विजयामा भने संक्रमण कायम नै रहेको जनाइएको छ । उनीपनि सरकारी निवासमा होम आइसोलेशनमा रहेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*