पूर्व राज्यमन्त्री खोभारी राय जुवा खालबाट पक्राउ

बाइलाइन नेपाल
१६ कार्तिक २०७७, आईतवार १०:०२
फाइल तस्वीर

काठमाडौं । पूर्व राज्यमन्त्री खोभारी राय जुवा खालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

जुवा खालबाट १ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ । खोभारी राय २०५२ सालमा शेरबहादुर देउवाको पालामा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा उनी राज्यमन्त्री भएका थिए ।

२०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भएका उनी २०६८ सालमा डा. बाबुराम भट्टराईको पालामा पनि राज्यमन्त्री बनेका थिए । विवादित छविका खोभारी राय २०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । त्यसयता उनी राजनीतिमा निष्कृय छन् ।-साभारः अनलाइनखबर डट्कमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*